निर्वाचन अधिकृतलाई प्रशिक्षण
बिहीबार, २५ जेठ २०७४, २१ : ०३
धनगढी, जेठ २५ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप आज यहाँ निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि निर्वाचनसम्बन्धी दशदिने प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणमा कैलालीका १३ स्थानीय तहका निर्वाचन र मतदान अधिकृत, सहायक मतदान अधिकृत गरी एक हजार दुई सहभागी रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।
निर्वाचनका लागि जिल्लाका १३ स्थानीय तहमा स्थापना गरिएका २३१ मतदान स्थलमा ४९० मतदान केन्द्र तोकिएको छ । बढीमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र तोक्नुपर्ने प्रावधान रहेपनि कैलालीको हकमा कम्तिमा १८० देखि बढीमा एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदाताको समस्यालाई मध्यनजर गरी भौगोलक रुपमा विकट कैलालीको पहाडी क्षेत्रको साविक सुगरखाल गाविसको एउटा मतदान स्थलमा १८० मतदाता सङ्ख्या बराबर एक केन्द्र तोक्नु परेको जनाइएको छ ।
हाल गाउँ÷टोलमा मतदाता शिक्षा दिइरहेका मतदाता स्वयम्सेवीले आगामी ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रमार्फत् मतदाता परिचयपत्र वितरण गर्ने कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण