बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बेलायतमा आमनिर्वाचनको परिणाम आज आउने : कसले मार्ला बाजी ?

शुक्रबार, २६ जेठ २०७४, ०७ : ४६
शुक्रबार, २६ जेठ २०७४
(एजेन्सी) जेठ २६, लन्डन - बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुरु भएको मतदान बेलुका १० बजे सम्पन्न भएको हो । तल्लो हाउस अफ कमन्सको ६ सय ५० सिटका लागि निर्वाचन भएको हो । साढे चार करोड मतदाता निर्वाचनमा देशभर ४० हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।मतदानका लागि चार करोड ६९ लाख मतदाता थिए । २०१५ को आमनिर्वाचनको तुलनामा यो केही बढी हो । सो निर्वाचनमा चार करोड ६४ लाख मतदाता थिए । शुक्रबार साँझ अन्तिम परिणाम मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । मध्यरातसम्म केही क्षेत्रको मतपरिणाम घोषणा हुने र शुक्रबारसम्म अन्तिम परिणाम आउने अनुमान गरिएको छ । सुरक्षा कडा अतिवादी आक्रमणको पृष्ठभूमिमा कडा सुरक्षाबीच निर्वाचन सम्पन्न भएको छ । मुख्य प्रतिस्पर्धा -निर्वाचनमा बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जरभेटिभ पार्टी र जर्मी कोरबिनको लेबर पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ । -यसअघि प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत देखिएपनि निर्वाचन नजिकिँदा लेबर पार्टीप्रति पनि समर्थन बढेको पाइएको छ । -निर्वाचन हुनुभन्दा केही समयअघिको एक सर्वेक्षणले कन्जरभेटिभ पार्टीले जित्ने देखाएको छ । -शृंखलाबद्ध अतिवादी हमलापछि प्रधानमन्त्री मे आलोचित बनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप