बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पूर्ण संस्थागत सुत्केरी घोषणा

शुक्रबार, २६ जेठ २०७४, ०९ : १७
शुक्रबार, २६ जेठ २०७४
बैतडी - दशरथचन्द नगरपालिका–१० बाराकोटलाई पूर्ण संस्थागत सुत्केरी स्थल घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार कार्यक्रमबीच सो घोषणा गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो । यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप