अवैध बालुवा उत्खनन रोक्दै जनप्रतिनिधि
शुक्रबार, २६ जेठ २०७४, ०९ : २१
नुवाकोट - जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो ।
नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताए ।
नगरपालिकाभित्र पर्ने त्रिशूली नदी र तादी, सामरी लगातय खोलामा उत्खनन गर्दै आएकालाई नियन्त्रण गरी वैधानिक बाटोमा ल्याउन सुरु गरिएको वडा नंं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिए ।
खानी उत्खननका लागि पकेट क्षेत्र मानिएको खम्बाक्याम्प, मान्द्रेढुङ्गा बुनीबेसी लगायतको स्थानमा अवैध रुपमा सञ्चालित छवटा खानी बन्द गरी संलग्न स्काभेक्टर र टिप्परलाई कारबाही गर्न प्रहरीलाई बुझाएको ६ नंं वडाध्यक्ष राजु सडौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण