बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रवासी नेपालीले गरे विद्यालयलाई सहयोग

शुक्रबार, २६ जेठ २०७४, ०९ : ३८
शुक्रबार, २६ जेठ २०७४
फलेवास पर्वत - कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले रु ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा र काजी गुरुङले विद्यालयलाई बिहीबार सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष भीमप्रसाद गुरुङले विदेशमा रहेर पनि समाजको विकास र शैक्षिक क्षेत्रमा कतार समाजले गर्दै आएको सहयोग उदाहरणीय भएको बताए । सो अवसरमा विद्यालयले वडामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप