बञ्चरो प्रहार गरी छिमेकीको हत्या
शुक्रबार, २६ जेठ २०७४, १० : ०२
-रविन्द्र काफ्ले
फिदिम, २६ जेठ - पाँचथरको फिदिम नगरपालिका–१ मा छिमेकी युवाले बञ्चरोले हिर्काउँदा ६४ बर्षीय वृद्धको मृत्यु भएको छ ।
फिदिम नगरपालिका–१, साभ्राङका भीमबहादुर केरुङको छिमेकी चन्द्रे भनिने २७ वर्षीय विनय नेम्वाङले विहीवार राती साढे १२ बजे वञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
नेम्वाङले राती घरमा सुतिरहेका केरुङलाई दाउरा काट्ने बञ्चरोले घाँटीमा प्रहार गरेका थिए । घटनापछि स्थानीयले उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउँदै गर्दा केरुङको बाटैमा मृत्यु भएको स्थानीयले वताए ।
घट्नाका विषयमा स्थानीयले खबर गर्नासाथ पुगेको प्रहरी टोलीले नेम्वाङलाई दाउरा काट्ने वञ्चरो सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।
नेम्वाङ र केरुङवीच जग्गा विवाद रहेको र सोही कारण हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन । उनीहरु आफन्त समेत रहेको स्थानीयवासीले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण