एन्फा महिला लिग च्याम्पियनसीप फुटबलमा ताप्लेजुङ्गको जीत
शनिबार, २७ जेठ २०७४, १० : १०
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ । ताप्लेजुङ्गका लागि भुजुङ्गा राईले २३ र ५५ मिनेटमा गोल गरेका थिए ।
मिति २०७४ जेठ १६ गते देखि संचालन भएको प्रतियोगिताको विजेता ताप्लेजुङ्ग महिला फुटबल टिमले नगद र ३ लाख सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै गरी उपविजेता रौतहट महिला फुटबल टिमले नगद र १ लाख ५० हजार सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर ताप्लेजुङ्गकी लिला लामगाडो, उत्कृष्ट डिफेन्डर ताप्लेजुङ्गकी गिता राना, उत्कृष्ट मिडफिल्डर ताप्लेजुङ्गी अनिता बस्नेत, उत्कृष्ट फर्वाड रौतहटकी रश्मि कुमारी घिसिङ्ग तथा उत्कृष्ट प्रशिक्षक ताप्लेजुङ्गका देब कुमार मादेन हुन सफल भएका छन् । उत्कृष्ट सबैले नगद रु १५ हजार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री नरेन्द्र श्रेष्ठ, मानार्थ उपाध्यक्ष्ँ हरि प्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य रमेश रायमाझी, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष्ँ भिमसेन कार्कीले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण