क्रोधबाट मुक्ति पाउन सुखासन
सुजिता बस्नेत योग प्रशिक्षक
गलत जीवनशैली, अनावश्यक तनाव र व्यायामको कमीका कारण आजका युवाको जीवन अस्तव्यस्त हुन थालेको छ । यस्तो जीवनशैलीले युवामा नैरास्यता, चञ्चलता बढ्नुका साथै नकारात्मक सोचको विकास, आपसी प्रतिस्पर्धा र द्वन्द्व सिर्जना भइरहेको छ । यसै कारण युवावस्थामा नै विभिन्न रोगबाट ग्रसित भई डिप्रेसन र आत्महत्याको सिकार पनि बनिरहेका छ्न । यस्ता शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन युवालाई योग साधना अत्यन्तै लाभदायक हुन्छ । योगका आसन, प्राणायाम र ध्यानले युवामा देखिने चञ्चलता हटाइदिन्छ । उनीहरू खुसी र सफल जीवन बिताउन सक्नेछ्न । नियमित योग गरेमा शरीरमा भएका विकारीय पदार्थहरू हट्दै शरीर सदा स्वस्थ, स्फूर्त, बलियो र आकर्षक देखिन्छ । यसले मानसिक तनावबाट पनि मुक्ति दिलाउँछ । योगका विभिन्न आसनका आफ्नै विशेषता छन् । मानसिक तनावलाई कम गराउने उपयुक्त आसन सुखासन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक सुजिता बस्नेतको सुझाब यस्तो छ :
फाइदा रिस, क्रोध हटाई मानसिक तनावबाट मुक्ति दिन्छ ।
पाचन प्रणालीलाई फाइदा पुर्याउँछ ।
मधुमेह कम गराउन निक्कै लाभदायक ।
मस्तिष्कसम्बन्धी रोगका लागि फाइदाजनक ।
शरीरमा लचिलोपन ल्याउनुका साथै अनुहारमा चमक ल्याउँछ ।
विधि सबैभन्दा पहिला दुवै घुँडालाई मोडेर कुर्कुचामाथि हिपलाई राखी दुवै हातलाई घुँडामाथि राखेर बस्ने । यसलाई हामी बज्राशन भन्छाैँ ।
अब बिस्तारै सास तान्दै दुवै हातलाई सीधा गरी टाउकोसम्म पुर्याउने । त्यसपछि हात र टाउकोको भाग अलिकति थोरै पछाडि लाने, छातीको भाग थोरै अगाडि ल्याउने ।
अब सास छोड्दै टाउको र दुवै हातलाई सँगसँगै अगाडि झुकाउने । यसोगर्दा टाउको र दुवै हात जमिनमा हुन्छन् भने छातीको भाग घुँडामा हुन्छ ।
यस्तो आसन पाँच या सातपटकसम्म गर्न सकिन्छ ।
सावधानी ढाड, कम्मरको समस्या हुनेले यस्तो आसन नगर्ने ।
उच्च रक्तचाप, दम र मुटुका रोगीले सासलाई नरोकी गर्ने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण