बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार
शनिबार, २७ जेठ २०७४, १५ : ५३
काठमाडौँ, जेठ २७– लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।
बेल्जियमको सङ्घीय संसद्द्वारा त्यहाँको लुभेन सहरमा आयोजित मिड समर फेस्टिवलका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले बुद्धमूर्तिलगायत उपहार प्रदान गरेकाे अभियानले जनाएको छ ।
अध्यक्ष आचार्यले मन्त्री गककएन्सलाई उपहार हस्तान्तरण गरेपछि लुम्बिनी विश्व शान्तिको केन्द्रको रुपमा रहेको तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको जानकारी गराए ।
बेल्जियमका सांसद इल्स वन हूफको निमन्त्रणामा अध्यक्ष आचार्य उक्त फेस्टिवलमा सहभागी भएका थिए । लुम्बिनी विकास कोषसँग सहकार्य गरेर बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्व समुदाय माझ विश्वशान्ति नगरको रुपमा स्थापित गर्ने उद्देश्यले अभियानले अन्तर्राष्ट्रिय तहमा विभिन्न कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण