सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारको स्वीकृति
मन्त्रालयहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, ३२ असार २०८३, १७ : १२
सारांश
- सरकारले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
- सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारले स्वीकृति दिएको छ।
- सरकारले विभिन्न मन्त्रालयहरूको कामलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सङ्गठन संरचना र दरबन्दीलाई समेत स्वीकृति प्रदान गरेको छ।
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रशासनिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार सरकारले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यो अनुदान सहायता नेपालको कानुनी सूचना प्रणालीलाई थप आधुनिकीकरण र व्यवस्थित बनाउन उपयोग गरिनेछ।
प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनतर्फ सरकारले सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई स्वीकृत गरेको छ।
यसैगरी बैठकले सरकारका विभिन्न मन्त्रालयहरूको कामलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सङ्गठन संरचना र दरबन्दीलाई समेत स्वीकृति प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण