आफ्नै पौरखबाट गुरुङले गरे रहरलाग्दो आम्दानी
आइतबार, २८ जेठ २०७४, ०८ : ५१
-धिरन खत्री
म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैनिकी अहिले फेरिएको छ ।
१५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग छन् ।
धान रोप्दै आएको १६ रोपनी जग्गामा अहिले ७ सय सुन्तलाको विरुवा लगाएका छन् । फल दिने ३५० बोटकोे सुन्तला विक्रिबाट गतवर्ष ४ लाख आम्दानी गर्न सफल भएको उनले बताए । सुन्तला खेतीमा सिचाई गर्न अन्तराषर््िट्रय स्तरको फर्टिगेसन सिचाई आयोजना विकास गरेका छन् । ५९ सालबाट सुन्तला खेती सूरु गरेका गुरुङले विगत ७ बर्ष देखि सुन्तला संगै कुखुरा र गाईभैसी पालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
त्यस्तै उनले सुन्तलासंगै १५ ओटा गाईभैसी र अण्डा उत्पादन हुने ३ हजार लेस कुखुरा पाल्दै आएका छन् । कुखरा पालनबाट दैनिक २७ हजारको आम्दानी हुने उनले बताए । त्यस्तै पन्ध्र ओटा उन्नत जातका गाई भैसी पालनबाट दैनिक ५० लिटर दुध उत्पादन हुने बताए ।
“मासिक रुपमा दुध उत्पादनबाट एक लाख आम्दानी र अण्डाबाट सात लाख आम्दानी हुने” उनले बताए । दाना पानी र कामदारको तलब कटाएर मासिक दुई लाख बचत गर्दै आएका छन् । साथै उनले ४ देखि ६ जनालाई नियमित रोजगार पनि दिदै आएका छन् ।, साथै छोराछोरीको पढाई खर्चमा समस्या नआएको उनले बताए ।
गुरुङ आफुले मात्र आम्दानी गरेका छैन्नन् गाउँमा सबैको लागि अहिले प्रेरणाको स्रोत पनि बनेका छन् । गुणस्तरीय रुपमा कृषि उपज गर्न सकेमा बजारको समस्या नहुने उनको अुनभव छ । फलफूल र पशुपालन ब्यवसायबाट केन्जन बहुउद्देश्यीय कृषि फर्म ४० लाख लगानी गरी संचालन गरेका गुरुङले बार्षिक ४५ लाखको कारोबार गर्दै आएका छन् ।
गुरुङले संचालन गरेको कृर्षि फर्म जिल्लाकै नमुना रहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाले बताए । कृषकहरुलाई कार्यालयले विभिन्न प्याकेजमा प्रोत्साहन कार्यक्रम दिदै आएको उनले बताए ।
सुन्तला र पशुपालनमा जिल्लाकै नमुना कृषकको रुपमा परिचय बनाएका गुरुङको फर्म हेर्न जिल्लाका कृषकहरुको लागि भ्रमणको केन्द्र पनि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण