मतदाता शिक्षा सामग्रीमा महिलालाई होच्याउने भाषा भएपछि आयोगको यस्तो जवाफ
आइतबार, २८ जेठ २०७४, १६ : २७
काठमाडौं, जेठ २८– स्थानीय तह निर्वाचनको क्रममा मतदाता शिक्षा सामग्रीमा महिलालाई होच्याउने भाषा भएपछि निर्वाचन आयोगले सच्चाएको छ । मैथली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग भएको शब्दले महिलाको अपमान भएको भन्दै विरोध आएपछि आयोगले सच्चाउन तयार रहेको जनाएको छ ।
संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको उल्लेख गर्दै आयोगले अपमान गर्न नभइ सम्मानका लागि मातृभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रशारण गरेको आयोगले स्पष्ट पारेको छ ।
‘सबै नेपालीलाई आ–आफ्नो मातृ भाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहुँच बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद गराई प्रकाशन, प्रसारण र वितरण गर्ने गरिएकाले भाषानुवाद गर्दा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आयोग सदैव प्रतिबद्ध रहेको व्यहोरासमेत आम मतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ ।’–आयोग प्रवक्ता सूर्य प्रसाद शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सबै राष्ट्रभाषाप्रति उच्च सम्मान र आदर प्रकट गर्दै असल उद्देश्य र मनसायका साथ मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन÷प्रसारणलाई सकारात्मकरूपमा लिन पनि आयोगले आग्रह गरेको छ ।
यो पनि पढ्नुस्ः
निर्वाचन आयोगको पुस्तिकामा ‘मैथिली भाषा’ विवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण