बूढीगण्डकी जलविद्युत् आयोजनाबारेको निर्णय फिर्ता गर्न माग
आइतबार, २८ जेठ २०७४, २० : ०६
काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना चीनको गेजुवा समूह प्रालिलाई दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आयोजना निवर्तमान काम चलाउ सरकारबाट भएको र सार्वजनिक खरिद ऐनलगायत कुनै पनि विधिअन्तर्गत नरहेकाले फिर्ता हुनुपर्ने माग गरिएको छ । राष्ट्रिय हितमा नभएकाले तत्काल फिर्ता लिई विधिसम्मत र राष्ट्रिय हित अनुकूल हुने गरी आयोजना अघि बढाउन सो संस्थाले सरकारसँग माग गरिएको छ ।
जलस्रोतको धनी राष्ट्रका रुपमा चिनिने मुलुकमा ऊर्जामा आत्मनिर्भर बनाउँदै पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको विकास गर्न आग्रह गर्दै सो संस्थाले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई जिम्मा दिने सरकारको निर्णय फिर्ता हुनुपर्ने जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण