नेयमार र मेस्सीबिना पीएसजी स्तब्ध
सोमबार, १८ पुस २०७९, ०६ : ३५
साबिक विजेता पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिग वानमा पीएसजी पराजित भएको गत मार्च यता पहिलोपटक हो । गत मार्च २० मा पीएसजी मोनाकोसँग ३–० गोलले पराजित भएको थियो ।
यो सिजन लेन्सले लिगका १७ खेलमा मात्र एक पटक हार बेहोरेको छ । जीतसँगै टोली शीर्ष स्थानमा रहेको पीएसजीभन्दा मात्र ४ अङ्कले पछि रहेको छ । लेन्सले आफ्नो घरेलु मैदानमा खेलको पाँचौँ मिनेटमा नै प्रेज्मिस्ल फ्रांकोवोस्कीको गोलको मतमा अग्रता लिएको थियो । ह्युगो एकिटिकेले पीएजीका लागि लगत्तै गोल फर्काए पनि लुइस ओपेन्डा र एलेक्सिस क्लाउने माउरिसले गोल गर्दै लेन्सको जीत सुनिश्चित गरे ।
पीएसजी नेयमार र लियोनेल मेस्सीबिना नै मैदानमा उत्रेको थियो । नेयमारले पछिल्लो खेलमा रातो कार्ड पाएका थिए भने मेस्सी अझै विश्वकपपछि फ्रान्स फर्किएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण