शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सचिवहरूलाई प्रचण्डले भने– तपाईंका कुनै पीरमर्का भए सिधै मलाई राख्नुस्

मङ्गलबार, १९ पुस २०७९, १६ : १६
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै सचिवहरूका पीरमर्का वा गुनासा भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।  मंगलबार सचिवहरूलाई ३० बुँदे निर्देशन दिने क्रममा प्रचण्डले कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउन आग्रह गरेका हुन् । 

‘तपाईंका कुनै पीरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु’, प्रचण्डले भने । उनले कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अरूलाई देखाएर पन्छिने कार्य नगर्न पनि कडा निर्देशन दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप