बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको प्रश्न : विकास खर्च हुन नसक्नाका कारण के हुन् ?

मङ्गलबार, १९ पुस २०७९, १६ : २१
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा पनि जम्मा ११ प्रतिशत मात्र भएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार सचिवहरूलाई निर्देशन दिने क्रममा प्रचण्डले  विकास खर्च हुन नसक्नाका कारण सोधेका छन् ।

 ‘विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको छ। विकास खर्च हुन नसक्नाका कारण के हुन् ? को जिम्मेवार हो ? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने ?’, प्रचण्डले प्रश्न गरे । नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउन प्रचण्डको आग्रह छ । तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन नमिल्ने उनको भनाइ छ । 

आर्थिक वर्षको करिब आधाआधी समय व्यतीत भइसक्दा पुस १५ सम्म राजस्व वार्षिक लक्ष्यको करिब २५ प्रतिशत मात्र संकलन भएको प्रचण्डको भनाइ छ । 

‘अनुदानसहितको स्रोत करिब २७ प्रतिशत संकलन भएको र यो अवधिमा कुल खर्च करिब २८ प्रतिशत मात्र भएकोले संकलित आयस्रोतभन्दा बढी खर्च भएको देखियो’, प्रचण्डले भने, ‘चालु खर्च करिब ३३ प्रतिशत र पुँजीगत खर्च निराशाजनक ढंगको करिब ११ प्रतिशत मात्र भएको मेरो जानकारीमा आएको छ । वैदेशिक अनुदान रु ५५ अर्ब प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पौष १५ सम्म रु ३ अर्ब ४२ करोड मात्र ९करिब ६ प्रतिशत० मात्र प्राप्त भएको छ ।’

प्रचण्डले राजश्व कम उठ्नुमा आर्थिक मन्दी, आयातमा कमी जस्ता कारण भएको उल्लेख गर्दै भने, ‘तर आयकरसमेत लक्ष्यबमोजिम उठेको छैन । अरू त के कुरा मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्थाले हाम्रो सेवा प्रवाहको स्तर जनाउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप