सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

विवादमा नेपाल टी–ट्वान्टी लिग : फिक्सिङको आशङ्का, पाएनन् खेलाडीले पारिश्रमिक

के भन्छ क्यान ?
मङ्गलबार, १९ पुस २०७९, १९ : ०९
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । नेपालमा सन् २०१७ मा भएको एसियन प्रिमियर लिग (एपीएल)मा म्याच फिक्सिङको ठूलो चर्चा भयो । उक्त समयमा विदेशी खेलाडीले नै म्याच फिक्सिङ भएको खुलासा गरे । उक्त समयमा थर्ड एम्पाएर प्रयोग गरी फिक्सिङ भएको चर्चा थियो । अहिले पुनः नेपालमा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चलिरहेको नेपाल टी–ट्वान्टी लिगमा पनि म्याच फिक्सिङको चर्चा चलेको छ ।

फिक्सिङको चर्चाले आज झनै उग्र रूप लियो । नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले प्रतियोगितामा स्पष्ट रूपमा फिक्सिङ भएको बताए । उनले फिक्सिङको कुराले खेलमा केही समस्या नहुने तर, खेलभित्र हुने क्रियाकलापमा पक्कै असर पार्ने बताए । जस्तै थर्ड एम्पाएरबाट छक्का, चौका, नो बल जस्ता कुराहरूमा असर पर्ने उनको भनाइ छ ।

‘मैले धेरै नेपाली क्रिकेट लिगहरू देखेको थिएँ तर, अहिले जे भइरहेको छ, त्यो बिल्कुल नयाँ छ । सन् २०१७ को एसियन प्रिमियर लिगमा भएको म्याच फिक्सिङको विषयमा मलाई धेरै जानकारी छ । अहिले नेपाल टी–ट्वान्टी लिगमा त्यस्तै भएको छ,’ सचिनले भने ।

आज नै नेपाल टी–ट्वान्टी लिग क्लब काठमाडौँ नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमलाई फिक्सिङको अफर आएको बताए । त्यसपछि आफूहरूले इन्टरपोलमा खबर गरिसकेको उनको भनाइ छ । उनले अन्य टिमको विषयमा आफूले बताउन नसके पनि आफ्नो टिममा अफर आएको र आफूहरूले अस्वीकार गरेको बताए ।

‘अरू टिमको बारे थाहा भएन । हाम्रो टिमको एक खेलाडीलाई फिक्सिङको लागि अफर आएको थियो । हामीले त्यो कुरा इन्टरपोललाई भनेका छौँ प्रस्ताव र फिक्सिङ फरक हो । प्रस्ताव गर्‍यो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन । प्रस्ताव जो र जसले जसरी पनि गर्न सक्छ,’ मल्लले भने ।

अझै पाएनन् खेलाडीले पारिश्रमिक

नेपाल टी–ट्वान्टी लिग खेल्ने खेलाडीहरूलाई क्यानले ड्राफ्ट तयार पारेर मूल्य तोकेको थियो । जसमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीलाई १० र सी ग्रेडका खेलाडीलाई ५ लाख दिने बताएको थियो ।

क्यानले भने आज बिहानदेखि भएको सबै क्रियाकलाप पूर्व निर्धारित भएको बताएको छ । क्यानका प्रबन्धक खनालले नेपाल टी–ट्वान्टी लिग र क्यानको अध्यक्ष बन्ने योजना भएका व्यक्तिबाटै यो खालको क्रियाकलाप भइरहेको आरोप लगाए ।

खेलाडीहरूका लागि पारिश्रमिक समयमै दिने तयारी थियो । प्रतियोगिता आयोजना भएको लामो समय बितिसक्दा पनि खेलाडीहरूले पारिश्रमिक नपाएपछि आज हुने भनिएको पहिलो खेल निर्धारित समयभन्दा ढिला सुरु भयो । ९ ओभरको खेलमा काठमाडौँले जित निकाल्यो ।

खेलाडीहरूसँग भएको सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पारिश्रमिक पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भए पनि हालसम्म खेलाडीले पैसा नपाएको बताइएको छ ।

lumbeni all star

आज साँझसम्म खेलाडीले पारिश्रमिक पाउने भएपछि खेल पुनः सुरु भएको थियो । प्रतियोगिताका टोलीहरू पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्सका खेलाडीले भने पैसा पाएको ती टिमका खेलाडीले नै बताएका छन् ।

पारिश्रमिक र म्याच फिक्सिङको चर्चा चलिरहेको समयामा आयोजक सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया क्यानको सम्पर्कमा नआएको बताइएको थियो । तर, क्यानले आजमात्र उनी सम्पर्कमा आएको बताएको छ ।

क्यानले भने फ्रेन्चाइजी टिमका विरुद्धमा खेलाडी गएको तर, क्यानकाविरुद्ध नगएको बताएको छ । क्यानका प्रबन्धक वृत्तान्त खनालले यो विषय अब समाधान हुने बताए ।

के भन्छ क्यान ?

क्यानले भने आज बिहानदेखि भएको सबै क्रियाकलाप पूर्व निर्धारित भएको बताएको छ । क्यानका प्रबन्धक खनालले नेपाल टी–ट्वान्टी लिग र क्यानको अध्यक्ष बन्ने योजना भएका व्यक्तिबाटै यो खालको क्रियाकलाप भइरहेको आरोप लगाए ।

विदेशी डलर नेपाल आउन मिल्ने अवस्था सहज नभएका कारण खेलाडीहरुको पारिश्रमिकमा ढिलाइ भएको उनको भनाइ छ । उनले सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया त्यसैका लागि भारतमा डलर साट्न गएको बताए ।

‘बिहानदेखि आज जे भएको छ, सबै पूर्व निर्धारित नै छ । खेलाडीहरूले पैसा नपाउने विषय समाधानको सँघारमा पुग्यो । अर्को विषय सेभेन थ्री स्पोर्टस्‍का संस्थापक आहलुवालिया भागेको भन्ने कुरा, उनी भारतमा डलरको विषय समाधान गर्न गएका हुन् । क्यानको समर्पकमा छन्,’ क्यानका प्रबन्धक खनालले भने ।

खनालले म्याच फिक्सिङको विषयमा कमेन्टेटर र काठमाडौँका कप्तानले दिएको बयान झुटो भएको पनि दाबी गरे । उनले कुनै आधार बिना नै उनीहरुले दिएको बयानमा क्यान गम्भीर भएर लाग्ने बताए । यस्तै ज्ञानेन्द्रले म्याच फिक्सिङको कुरामा ‘एक जना म्यानेजरले भनेका थिए’ भन्ने सूचनाका आधारमै आफूहरूले उनलाई बर्खास्त गरेको खनालले जानकारी दिए ।

‘काठमाडौँका कप्तान मल्ल र कमेन्टेटर सचिनले दुवै जनाले नेपाल टी–ट्वान्टी लिगमा म्याच फिक्सिङ हुन्छ भनेको कुरा गलत छ । यो सब क्यानलाई कमजोर बनाएर आफू बलियो बन्ने दाउ हो,’ खनालले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप