समाचार
ज्ञानेन्द्रले भने,‘हाम्रो टिमको एक जना खेलाडीलाई फिक्सिङको अफर आएको थियो’
मङ्गलबार, १९ पुस २०७९, १३ : ४३
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको काठमाडौँ नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलासा गरेका छन् । मंगलाबार विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्याइसकेको बताए ।
‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्यौँ,’ मल्लले भने । मल्ल नेतृत्वको काठमाडौँले आजको खेलमा विराटनगरलाई हराएको थियो । उक्त खेल सुरु हुनु पूर्व खेलाडीले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएपछि खेल ढिला गरी सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण