प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच उपनिर्वाचनबारे छलफल
मङ्गलबार, १९ पुस २०७९, १९ : ४२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको हो । यस्तै उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ।
यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्नेबारेका साथै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण