शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न

मङ्गलबार, १९ पुस २०७९, २० : ३९
मङ्गलबार, १९ पुस २०७९

बुटवल । बुटवलमा पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलबार समापन भएको छ । बुटवल मण्डपमा भएको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन् ।

महोत्सव आयोजना मुल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा अत्यधिक दर्शक आएको तथा आर्थिक कारोबार पनि उत्साहजनक भएको बताए ।

समापन कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरीले प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले टेवा पु¥याएको उल्लेख गर्दै उद्योगको विकास र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारी लगायतका अनेक असहजता र समस्यासँग लड्दै अस्थिरताका बीच लगानी गरिरहेका उद्योगी व्यवसायीहरुले पछिल्ला दिनमा आर्थिक संकट सामना गर्नु परेको बताए ।

रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकममध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट ४ रुपैयाँ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैयाँ औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि रहने जनाएको छ ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठानका उत्पादनहरु ४१५ वटा स्टलमा राखिएको थियो । प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार विभाजन गरिएको थियो । जस अन्तर्गत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी/अचार/आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी÷सौन्दर्यमा ३६ प्रतिष्ठान, जुत्ता/चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग/प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी थिए । त्यसैगरी क्षेत्रगत रुपमा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप