विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकी पहिलो महिला सभामुख
आज सन् २०२३ को ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला
सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर ९२७२२ फिट० सो भवन अहिले विश्वकै सबैभन्दा अग्लो भवन हो ।
रुसको कृत्रिम स्याटलाइट
सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाईट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो ।
बर्माको स्वतन्त्रता
सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो । बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो ।
अमेरिकाको ४५ औं राज्य
सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो ।
अमेरिकाको पहिलो सभामुख
सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन् । नेन्सी अमेरिकी इतिहासमै पहिलो महिला सभामुख हुन् ।
सर आइजेक न्युटनको जन्म
सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो । उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण