बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बुधबार, २० पुस २०७९, १२ : ४६
बुधबार, २० पुस २०७९

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।  कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । 

पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने बताए । कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको  थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप