एक सय वर्षमा पहिलो पटक अमेरिकमा सभामुख निर्वाचित हुन सकेनन्
अमेरिकी संसदमा करिब एक सय वर्षमा पहिलो पटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्यो । रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी मंगलबारसंसदको सभामुखमा निर्वाचित हुन सकेनन्। मंगलबार रातिको बैठक सभामुखबिना नै स्थगित भएको थियो ।
पहिलो चरणको मतदानमा सभामुखको निर्वाचन हुन नसकेको सन् १९२३ पछि पहिलोपटक हो । नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो। तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।
एक रिपब्लिकन लबीस्टले भने, "म्याकार्थीले केही समूहहरूमा साथी बनाएका छैनन्। उनले धेरै शत्रु बनाए। राजनीतिक र व्यक्तिगत कारणले उनलाई धेरैले मन पराउँदैनन् ।’ उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका १९ चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विरुद्धमा उत्रिए ।अमेरिकी संसदमासभामुख पदका लागि लगातार तीन पटक चुनाव भए पनि क्यालिफोर्नियाका सांसद म्याकार्थीले जित्न सकेनन् । अब बुधबार पनि राष्ट्रपति मतदान हुनेछ रसभामुख को निर्णय नभएसम्म मतदान जारी रहनेछ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण