चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित
बुधबार, २० पुस २०७९, १६ : ३३
काठमाडौं । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित भएको छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ प्रक्रिया स्थगित गरिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
आयोगले ‘चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९’ संशोधन गरेर चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ गराउँदै आएको थियो । आयोगले कार्यविधि संशोधन गरेर म्याचिङ गराउन थालेको भन्दै सर्वोच्चमा रिट दायर भमएको थियो । रिटमा सुनुवाई गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश जारी भएको थियो । उक्त अन्तरिम आदेशपछि आयोगले म्याचिङ प्रक्रिया स्थगित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण