सोनिया गान्धी अस्पताल भर्ना
बुधबार, २० पुस २०७९, २१ : ५४
नयाँ दिल्ली । यूपीए अध्यक्ष तथा भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छन् । समाचार एजेन्सी एएनआईले सर गंगाराम अस्पताललाई उद्धृत गर्दै उनलाई ‘चेस्ट मेडिसिन विभाग’ मा भर्ना गरिएको बताएको छ ।
सर गंगाराम अस्पतालको व्यवस्थापन बोर्डका अध्यक्ष डा अजय स्वरूपले गान्धीलाई आज अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । उनले भने, ‘सोनिया गान्धी भाइरल श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित हुनुहुन्छ । उहाँलाई उपचार र अवलोकनका लागि अस्पताल भर्ना गरिएको छ ।’
राहुल गान्धीको भारत जोडो यात्रा दिल्ली पुग्दा सोनिया गान्धी यात्रामा सहभागी भएकी थिइन् । राहुल गान्धीले पनि ट्विटरमा उनीसँगको तस्बिर पोस्ट गरेका थिए । उनी कांग्रेसको स्थापना दिवसको कार्यक्रममा पनि सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण