बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सोनिया गान्धी अस्पताल भर्ना

बुधबार, २० पुस २०७९, २१ : ५४
बुधबार, २० पुस २०७९

नयाँ दिल्ली । यूपीए अध्यक्ष तथा भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छन् । समाचार एजेन्सी एएनआईले सर गंगाराम अस्पताललाई उद्धृत गर्दै उनलाई ‘चेस्ट मेडिसिन विभाग’ मा भर्ना गरिएको बताएको छ ।

सर गंगाराम अस्पतालको व्यवस्थापन बोर्डका अध्यक्ष डा अजय स्वरूपले गान्धीलाई आज अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । उनले भने, ‘सोनिया गान्धी भाइरल श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित हुनुहुन्छ । उहाँलाई उपचार र अवलोकनका लागि अस्पताल भर्ना गरिएको छ ।’ 

राहुल गान्धीको भारत जोडो यात्रा दिल्ली पुग्दा सोनिया गान्धी यात्रामा सहभागी भएकी थिइन् । राहुल गान्धीले पनि ट्विटरमा उनीसँगको तस्बिर पोस्ट गरेका थिए । उनी कांग्रेसको स्थापना दिवसको कार्यक्रममा पनि सहभागी भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप