नेपोलीले बेहोर्यो सिजनको पहिलो हार
बिहीबार, २१ पुस २०७९, ०८ : ५२
इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो ।
५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो । पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो ।
अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नेपोलीको यो पहिलो हार हो । जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो । १६औं खेलमा इन्टरको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
नेपोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो । तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ । पाँचौ स्थानको लाजियोको ३० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण