कपिलवस्तुमा काठ चोरीको आरोपमा एकजना पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा अवैध रूपमा काठ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सवडिभिजन वन कार्यालय खरेन्द्रपुरले काठसहित स्थानीय रुपेश थारुलाई पक्राउ गरेको हो । ९० क्युफिट काठसहित थारु पक्राउ परेका हुन् । थारु शिवराज नगरपालिका–३ स्थित भितारियाका बासिन्दा हुन् ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत एजाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारीया पुगेको टोलीले उक्त काठ बरामद गरेको थियो ।
छापा मार्नेक्रममा भितारीया गाउँका अधिकांश घरको आँगनबाट लुकाएर राखेको अवस्थामा चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिलाल कंडेलले बताए ।
कपिलवस्तु साझेदारी वन समितिको जङ्गलबाट चोरीगरी काठ ल्याएको वन कार्यालयका कर्मचारीको अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । बरामद गरेको काठ डिभिजन वन कार्यालयमा बुझाइएको उक्त टोलीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण