ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
बिहीबार, २१ पुस २०७९, ११ : ३०
बारा । पथलैया वीरगञ्ज औद्योगिक करिडोरको सिमरास्थित जगदम्बास्टिल अगाडि गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरीत दिशाबाट आइरहेको ना २० प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा पथलैया घर भएका २४ वर्षीय मनोज मल्लिकको मृत्यु भएको हो ।
मल्लिकको शव बिहीबार बिहान परिवारको जिम्मा लगाएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण