शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मीनेन्द्र रिजाल प्रमुख अतिथि बन्दा प्रेस युनियन कर्णालीमा विवाद !

‘संस्थापन पक्षधर पत्रकारले मिनेन्द्र रिजालकै अगाडि माइक चुँडाए’
बिहीबार, २१ पुस २०७९, १४ : २१
बिहीबार, २१ पुस २०७९

सुर्खेत । बिहीबार कर्णालीको राजधानी वीरेन्द्रनगरको होटेल टाकुमा आयोजित नेपा प्रेस युनियनको प्रथम अधिवेशनका संस्थापन पक्ष र संस्थानप इतर पक्षबीच विवाद भयो । दुई पक्षबीच माइक खोसाखोस भएपछि कार्यक्रम स्थलमा तनावपूर्ण स्थिति सृजना भएको थियो । संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधर हुम्लाका एक जना पत्रकारले रोष्टममा पुगेर माइक चुँडाएका थिए । 

‘पार्षद्को विषय’लाई लिएर विवाद भएको भनिए पनि विवादको प्रमुख जड भने ‘प्रमुख अतिथि’ रहेको बुझिएको छ ।  संस्थापन पक्षधर पत्रकारहरूले कार्यक्रमको प्रमुख अतिथिको रूपमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, यदि खड्का नभएको खण्डमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बनाइनुपर्ने बताएका थिए । 
तर प्रमुख अतिथिको रूपमा भने १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाल उपस्थित भए । साथै विशेष अतिथिको भूमिका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी थिए । यो कुरा ‘संस्थापन पक्षलाई फिटिक्कै मन परिरहेको थिएन,’ कार्यक्रमका सहभागी एक जना पत्रकारले भने,‘ त्यही विषयलाई लिएर संस्थापन पक्षले विवाद सृजना गरेको हो ।’ 

karnali

तर संस्थापन पक्षधर अर्को पत्रकारले भने इतर पक्षले पेलेरै अघि बढ्न खोजेपछि त्यसको विरुद्धमा आवाज उठाएको बताए । युवराज रेग्मीले कार्यक्रम सञ्चालन गर्दै थिए । मञ्चमा मीनेन्द्र रिजाल, थानी र युनियनका सभापति शिव लम्साल बसिरहेका थिगए । संस्थापन पक्षधर पत्रकारहरूले रोष्टम घेराउ गरे । विवाद बढ्दै जाँदा संस्थापन पक्षधर हुम्लाका एक जना पत्रकारले रोष्टममै पुगेर रिजालकै अगाडि माइक चुँडाएका थिए । त्यसपछि कार्यक्रम स्थलमा माहौल नै बेग्लै बन्यो ।

विवादको जड प्रमुख अतिथि
संस्थापन पक्षधर चाहन्थ्यो कि प्रमुख अतिथिमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का वा मुख्यमन्त्री जीवनबहादुर शाही हुनुपर्छ । पार्टीको बहालवाला पदाधिकारीमा रहेकाले पनि उनीहरूको सहभागिता रहोस् भन्ने संस्थापन पक्षधर नेताहरूको भनाई थियो ।  कार्यक्रममा सहभागी कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले कार्यक्रममा जुन खालको दृश्य देखियो यस्तो खालको गतिविधिले प्रेस युनियन, कांग्रेस मात्र नभई समग्र लोकतन्त्रमानै आघात पुर्‍याउने बताएका थिए । 

इतर पक्षधर कांग्रेसका पूर्व जिल्ला सभापति कमलराज रेग्मीले रोष्टममा सहभागी अतिथिहरूको बारेमा समाचार नलेख्न र गलत भएका विषयमा आन्तरिक रूपमा छलफल गरेर अगाडि बढ्नुपर्ने तर्क राखेका थिए । ‘लोकतन्त्रको स्थापनाकालदेखिनै महत्त्वपूर्ण भूमिका खेलेका नेता  रिजाल सहभागी कार्यक्रममै विरोध जनाइनुले के सन्देश जान्छ ?,’ रेग्मीले प्रश्न समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप