वडाध्यक्षले दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेकोमा आपत्ति
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।
वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले अधिकारीमाथि कारबाहीको माग गरेको हो ।
एमाले महानगर कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक सामाजिक, सांस्कृतिक रूपले महत्त्वपूर्णको हाम्रो वडामा वडा समिति सञ्चालन गर्ने क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारीले वडा सदस्यहरूलाई पटकपटक अमयार्दित अमानवीय, गैर कानुनी शब्दहरू प्रयोग गरेर दुर्व्यवहार गर्दै आउनुभएको विषयले हाम्रो पार्टी नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । पदीय दायित्व भुलेर गर्ने यस्तो हर्कतको प्रति कारबाहीको माग गर्दछौं ।’
वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा अध्यक्ष र अन्य सदस्यहरूको संवाद हुँदै गर्दा वडा अध्यक्षले अपमानजनक शब्द बोलेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण