लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा
बिहीबार, २१ पुस २०७९, २० : ५९
बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुटवलमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका हुन् । पीडितहरूले सरकारीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू सोसित भएको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।
सामूहिक ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने मागसहित आन्दोलन थालिएको समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए।
पछिल्लो समय देशका विभिन्न ठाउँमा लघुवित्तबाट धेरै पीडित बनेका गुनासो आएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण