रवि लामिछानेको नागरिकता विवाद : यस्तो छ चिया समयअघिको बहस
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाइ जारी रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ भइरहेको हो । सुनुवाइका क्रममा न्यायाधीशहरुले वकिलहरुसँग एक पटक नागरिकता त्याग गरिसकेपछि पुनः प्राप्ति गर्ने प्रक्रियाका सन्दर्भमा प्रश्न गरेका छन् ।
बहसको सुरुमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरे । अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१) को अनुसार लामिछानेले २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको देखिएको जिकिर गरे ।
निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे । ‘नागरिकता नलिइकन शासन सत्तामा जान पाइँदैन’, उनले भने । नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले समेत जिकिर गरे ।
यस्तै अधिवक्ता रमन कर्णले नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भए पनि पुनः प्राप्तिको व्यवस्था रहेको उल्लेख गरे । जुन प्रक्रिया लामिछानेले पुरा नगरेको उनको भनाइ थियो । सो क्रममा न्यायाधीश अनिल सिन्हाले कुनै नागरिक स्टेटलेस हुन सक्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा उनले ‘स्टेटलेस हुँदैन, तर पुनः प्राप्तिका लागि प्रक्रिया गर्नुपर्छ श्रीमान् ।’ भन्ने जवाफ दिए । निवेदकको पक्षमा अधिवक्ता अमृत खरेलले पनि बहस गरेका थिए ।
यस्तै सरकारी वकिलको तर्फबाट सञ्जीवराज रेग्मीले बहस गरे । उनले लामिछानेको नागरिकता विवादमा नागरिकता ऐन २०६३ र राहदानी ऐनअनुसार छानबिन भइरहेको बताए । कानुन उलङ्घन गरेको नगरेको विषयमा छानबिन भइरहेको उनको भनाइ थियो । सोही क्रममा न्यायाधीश ईश्वर खतिवडाले रेग्मीलाई सोधे, ‘रवि लामिछानेले भिसा लिएर आएको देखियो तपाईँ के भन्नुहुन्छ ?’ जवाफमा रेग्मीले भने, ‘त्यसमा केही भन्नै परेन । विदेशी हकमा भिसा जारी हुन्छ ।’ फेरि खतिवडाले उताको पासपोर्ट त्यागेपछि यताको प्रक्रिया पुरा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे । त्यसमा उनले गोलमटोल जवाफ दिएका थिए । फेरि सिन्हाको प्रक्रियामा जानु पर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका थिए ।
सो क्रममा रेग्मीले नागरिक स्वतः हुने र अनागरिक नहुने बताए । यस्तै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नागरिक स्वतः हुने कुरा त फरक कुरा होला तर प्रक्रिया ? भनेर हरिकृष्णको प्रश्न गरेका थिए । त्यससँगै चियाअघिको बहस सकिएको छ । टिफिनपछि पुनः बहस जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण