रवि लामिछाने पक्षका वकिलको जिकिर– नेपाली नागरिकता स्वतः कायम हुन्छ
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पक्षका वकिलहरूले लामिछाने सांसद हुँदा निवेदकलाई कुनै अपूरणीय क्षति नहुने जिकिर गरेका छन् । नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा लामिछानेको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले रवि सांसद हुँदा निवेदकलाई अपूरणीय क्षति नहुने जिकिर गरेका हुन् ।
उनले लामिछाने अमेरिकाको नागरिकता लिएको कुरा गृह र अध्यागमनलाई थाहा भएको उल्लेख गर्दै सोही आधारमा गृह मन्त्रालयले प्रेस काउन्सिललाई ०७५ असार ६ मा पत्र लेखेको पत्रले पुष्टि हुने बताए । १५७६ पत्राअनुसार यसबारे जानकारी गराइएको उल्लेख गर्दै उनले नागरिकता पुनः कायम गर्नुपरेमा साबिकको विवरण दिनुपर्ने व्यवस्था रहेको बताए ।
अध्यागमनलाई विदेशी नागरिकता त्यागेकोसम्बन्धी निस्सासमेत रविले अध्यागमनमा बुझाएको जिकिर गर्दै उनले रविले नयाँ नागरिकता लिन प्रक्रिया सुरु नै गर्न नपर्ने जिकिर गरे । न्यायाधीश ईश्वर खतिवडाले ‘नयाँ जारी गर्न पर्छ कि पर्दैन’ भनेर सोधेको प्रश्नमा उनले विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि पुरानो पुनः कायम रहने जिकिर गरे ।
‘नेपालबाट पहिला त्यागिएको होइन, उता गएर त्यत्तिकै नागरिकता लिएको हो । विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि त्यो पुनः कायम हुन्छ’, पन्तले भने, ‘नागरिकता ऐन २०६३ को दफा ११ को १ अनुसार पुनः कायम भयो ।’ उनले विदेशी नागरिकता त्यागेको जानकारीसहितको निस्सा रविले ०७५ जेठ ४ मा अध्यागमनमा बुझाएको पनि उनको भनाइ छ । रविको पक्षमा वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता यज्ञमणि न्यौपानेले पनि बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण