शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मतबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

शनिबार, २३ पुस २०७९, ०६ : १४
शनिबार, २३ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक बस्ने स्थान र समय आजमात्र तय हुने उनले बताए । 

प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप