छिमेकी राष्ट्रलाई चेतावनी दिँदै अध्यक्ष ओलीले भने, ’यो नेपालीले बनाएको नेपालको आफ्नै सरकार हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीले आफ्नै सरकार बनाउन सफल भएको टिप्पणी गरेका छन् । शनिवार नयाँ बानेश्वरमा एमालेले नवनिर्वाचित सांसदहरूका लागि गरेको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संगठित ढङ्गले नेपालमा अस्थिरतालाई अगाडि बढाइरहेका बेला असाधारण ढङ्गले त्यो कोर्सलाई परिवर्तन गरेको उल्लेख गरे ।
उनले भने–‘नेपालमा नेपालीले सरकार बनाउन नपाउने, सरकार बनाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यसलाई रोक्दै अहिले हामी नेपालीले सरकार बनाएका छौँ । यो नेपालीको सरकार हो, हामीले आफ्नै सरकार बनाउन सफलता हासिल गरेका छौँ यो ठुलो कुरा हो । अहिलेको परिवर्तनको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी नेपालीले नेपालको सरकार बनाएका छौँ । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ सरकार । यो ज्यादै महत्त्वपूर्ण उपलब्धि हो र राष्ट्रिय रूपमा हामीले गरेको ज्यादै ठुलो प्रतिरोध हो ।’ उनले बाह्य हस्तक्षेपका बाबजुद सरकार बनाउन सफल भएको उल्लेख गरे । साथै उनले नेपालको आन्तरिक मामिलामा हात नहाल्न छिमेकी देशहरूलाई चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण