सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

आइतबार, २४ पुस २०७९, ०७ : १२
आइतबार, २४ पुस २०७९

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । शनिबार काठमाडौँको आर्मी अफिसर क्लबमा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको हो ।  कार्यक्रममा देशभरबाट ८०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । 

कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप