शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्ण श्रेष्ठले भने, ‘हरिवंश मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’

आइतबार, २४ पुस २०७९, १० : ५९
आइतबार, २४ पुस २०७९

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार हरिवंश आचार्य आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । फिल्म ‘महापुरुष’ ले शनिवार आयोजना गरेको प्रदर्शनको ५१ औँ दिनको खुशीयाली सातासाट कार्यक्रममा उनले हरिवंश नभएको भए आफ्नो जीवन अहिलेको गतिमा चल्न समेत नसक्ने धारणा राखे । 

‘हरिवंश भगवानले दिएको मेरो जीवनको अचिभमेन्ट अवार्ड हो’ श्रेष्ठले भने ‘हरिवंश र मेरो सहयात्रा ४२ वर्षमा हिँडेको छ । हरिवंश बिना म अधुरो छु ।’

फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । प्रदीपले राम्रो फिल्म बनाउने बताएका मनकृष्णले भने ‘म पार्किन्सन्सको बिरामी भए पनि आगामी दिनमा अझ धेरै राम्रो अभिनय गर्ने जोश बढेको छ । म एउटा मात्र होइन थुप्रै वटा महापुरुष जस्ता फिल्ममा अभिनय गर्न चाहन्छु ।’

काठमाडौँको दहचौकस्थित स्विट्जरल्याण्ड पार्कस्थित एक रिपोर्टमा आयोजित कार्यक्रममा कलाकार हरिवंश आचार्यले भने मदनकृष्ण श्रेष्ठ र आफू बिद्युत्को नेगेटिभ र पोजेटिभ करेन्टको रूपमा चर्चा गरे । ‘मदनदाई पोजिट करेन्ट हो । म नेगेटिभ । त्यही भएर महको बत्ती अहिलेसम्म बल्न सफल भएको हो’ आचार्य भने, ‘हामी एकअर्काे बीना अधुरो छौ ।’ आचार्यले ‘महापुरुष’ को चरित्रका लागि आफू तीन महिनासम्म घर र फिल्मको छायाङ्कन स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक समारोहमा सहभागी नभएको बताए ।

कार्यक्रममा आचार्यले फिल्म ‘महापुरुष’ आफ्नो जीवनका लागि ‘बलिदान’ पछिको अर्को महत्त्वपूर्ण फिल्म भएको चर्चा गरे । 

गत कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले नेपालमा मात्र होइन अमेरिका लगायत अन्य केही देशमा समेत केही साताअघि नै प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो । अहिले पनि यो फिल्म काठमाडौँसहित स्वदेश तथा विदेशका केही सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ ।

खुसीयाली मनाउन आयोजित कार्यक्रममा फिल्म यूनिटले फिल्मका मुख्य कलाकार, निर्देशक, प्राविधिकसहित सञ्चारकर्मीलाई समेत मायाको चिनोसहित सम्मान गरेको छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराई, प्रस्तुतकर्ता तथा अभिनेता रवीन्द्र सिंह बानियाँ, अभिनेत्री गौरी मल्ल, हास्य अभिनेता राजाराम पौडेल लगायतले फिल्मको सफलताका लागि दर्शकलाई मुक्तकण्ठले धन्यवाद ज्ञापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप