हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु
आइतबार, २४ पुस २०७९, १२ : ०३
बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो । दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ ।
दुर्घटनाको करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा ‘कुहिरो मौसमु अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गर्यो । ‘ड्राइभिङ भिजिबिलिटी कम छ । यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’ सुझावमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण