शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

आइतबार, २४ पुस २०७९, १२ : ०३
आइतबार, २४ पुस २०७९

बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । 
ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो । दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ । 

दुर्घटनाको  करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा ‘कुहिरो मौसमु अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी गर्यो । ‘ड्राइभिङ भिजिबिलिटी कम छ । यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’  सुझावमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप