स्ववियु चुनाव गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्दै
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समिति गठन गर्ने भएको हो ।
शिक्षाध्यक्षको नेतृत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बन्ने र सोही समितिले निर्वाचन गराउनेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले समिति गठनका लागि कार्यकारी परिषद्लाई सिफारिस गर्नेछ । सोही आधारमा परिषद्ले समिति गठन गर्ने निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्देशनालयको सिफारिसमा परिषद् बैठकले स्ववियु निर्वाचन मिति टुङ्गो लगाएको थियो । समिति गठन भइसकेपछि उक्त समितिले स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्नेछ । र सोही आधारमा चुनाव हुनेछ ।
हरेक २÷२ वर्षमा स्ववियु चुनाव गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, २०६५ सालयता त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको वेथिति नै मौलाएको छ । त्रिविमा देखिएका विद्यार्थी तथा त्रिविका समस्या समाधानका लागि भएपनि चुनाव गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविमा जतिसक्दो चाडो स्ववियु चुनाव गराउन त्रिविलाई निर्देशन दिएका थिए । सोही आधारमा त्रिविले चुनावी गतिविधि अगाडि बढाएको हो । चुनावको घोषणा गरेको त्रिविलाई जुनसुकै हालतमा पनि चुनाव गराउन विद्यार्थी संगठनहरूले आग्रह गर्दै आएका छन् । त्यसका लागि आफूहरूले त्रिविलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण