तीनवटा प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो ।
‘हामीले तीन प्रदेशका मुख्यमन्त्री दाबी गरेका छौँ । जसमा कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश हुन्,’ प्रधानमन्त्री निकट एक प्रभावशाली नेताले भने, ‘अन्त्यमा सत्ता साझेदार दललाई मिलाउनु पर्नेमा भएमा कर्णाली र बाग्मतीको मुख्यमन्त्री लिएर अरू प्रदेशको मुख्यमन्त्री आलोपालो हुन सक्छ ।’ कर्णाली प्रदेशबाट माओवादीका राजकुमार शर्मा, बाग्मती प्रदेशबाट सालिकराम जमरकट्टेले र सुदूरपश्चिमबाट खगराज भट्टले दाबी गरेका छन् । यस्तै माओवादीले आलोपालोमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले पाउन सक्ने बताएको छ ।
यस्तै नेकपा एमालेले प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पाउने निश्चित भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले आलोपालो चलाउने गरी सहमति जुट्न सक्ने सम्भावना रहेको छ । सातै प्रदेशको मुख्यमन्त्री आइतबार बेलुकासम्म टुङ्गो लाग्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान