सीआईबी भन्छ–प्रारम्भिक सोधपुछले फिक्सिङ देखाउँछ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ ।
प्रतियोगितामा फिक्सिङ भएको आशंकामा सीआईबीले विदेशी र नेपाली खेलाडीसँग सोधपुछ गरेको हो । केन्द्रीय अनुसन्धान विभागका एआईजी उक्तम सुवेदीले स्पट फिक्सिङको विषयमा ४० जना खेलाडसँग सोधपुछ गरेको बताए ।
‘स्पट फिक्सिङको आशंकामा हामीले ४० जना खेलाडीलाई सोधपुछ गरेका छौं । प्रारम्भिक अनुसन्धानले स्पट फिक्सिङ भएको देखाउँछ । तर, अहिले नै भन्न सक्ने अवस्था छैन । छानबिन जारी छ,’ सुवेदीले रातोपाटीसँगको कुराकानीमा भने । नेपाल टी–ट्वान्टी लिग ९ पुषदेखि सुरु भएको थियो ।
लिगका कमेन्टेटर र काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले फिक्सिङको कुरा उठाएपछि चर्चा चुलिँदै गएको हो । गृह मन्त्रालयले शनिबार मात्र फिक्सिङको विषयमा छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण