शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल टी–ट्वान्टी लिग

सीआईबी भन्छ–प्रारम्भिक सोधपुछले फिक्सिङ देखाउँछ

आइतबार, २४ पुस २०७९, १६ : ५१
आइतबार, २४ पुस २०७९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ । 

प्रतियोगितामा फिक्सिङ भएको आशंकामा सीआईबीले विदेशी र नेपाली खेलाडीसँग सोधपुछ गरेको हो । केन्द्रीय अनुसन्धान विभागका एआईजी उक्तम सुवेदीले स्पट फिक्सिङको विषयमा ४० जना खेलाडसँग सोधपुछ गरेको बताए । 

‘स्पट फिक्सिङको आशंकामा हामीले ४० जना खेलाडीलाई सोधपुछ गरेका छौं । प्रारम्भिक अनुसन्धानले स्पट फिक्सिङ भएको देखाउँछ । तर, अहिले नै भन्न सक्ने अवस्था छैन । छानबिन जारी छ,’ सुवेदीले रातोपाटीसँगको कुराकानीमा भने । नेपाल टी–ट्वान्टी लिग ९ पुषदेखि सुरु भएको थियो । 

लिगका कमेन्टेटर र काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले फिक्सिङको कुरा उठाएपछि चर्चा चुलिँदै गएको हो । गृह मन्त्रालयले शनिबार मात्र फिक्सिङको विषयमा छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप