हराएको तीन दिनभित्रै प्रहरीले मोटरसाइकल फेला पार्यो
आइतबार, २४ पुस २०७९, २१ : १३

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट ३ दिन अघि हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
चन्द्रपुर नगरपालिका–१० स्थित राजकिशोर नर्सरीबाट पुस २१ गते बा.४३ प–२९०० नम्बरको १५० सीसीको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका–८ बाट हिजो शनिबार उक्त मोटरसाइकल फेला पारेको हो ।
बरामद मोटरसाइकल आइतबार जिल्ला प्रहरी कार्यालय गौरबाट मोटरसाइकल धनी भोजपुर जिल्ला, आमचोक गाउँपालिका २ बस्ने दिपेन्द्र कुमार राईलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी सुनिल मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडी सम्मानित
-
सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल