हराएको तीन दिनभित्रै प्रहरीले मोटरसाइकल फेला पार्यो
आइतबार, २४ पुस २०७९, २१ : १३
रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट ३ दिन अघि हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
चन्द्रपुर नगरपालिका–१० स्थित राजकिशोर नर्सरीबाट पुस २१ गते बा.४३ प–२९०० नम्बरको १५० सीसीको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका–८ बाट हिजो शनिबार उक्त मोटरसाइकल फेला पारेको हो ।
बरामद मोटरसाइकल आइतबार जिल्ला प्रहरी कार्यालय गौरबाट मोटरसाइकल धनी भोजपुर जिल्ला, आमचोक गाउँपालिका २ बस्ने दिपेन्द्र कुमार राईलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी सुनिल मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण