शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री पक्का !

आइतबार, २४ पुस २०७९, २१ : ३९
आइतबार, २४ पुस २०७९

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो । 

पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो । ०७४ मा पनि १३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीका महेन्द्रबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् । उनी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन् । 

मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर एमालेबाट सभामुखमा अहिलेसम्म कसैको नाम पनि चर्चामा छैन् । एमाले नेताहरुले ०७४ मा २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यो पटक जसरी पनि मुख्यमन्त्री पाउने आश गरेका थिए । सोही अनुसार एमाले नेता यामलाल कँडेलले तयारी समेत गरिरहेका थिए भने अन्य नेताहरुले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप