कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री पक्का !
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो । ०७४ मा पनि १३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीका महेन्द्रबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् । उनी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर एमालेबाट सभामुखमा अहिलेसम्म कसैको नाम पनि चर्चामा छैन् । एमाले नेताहरुले ०७४ मा २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यो पटक जसरी पनि मुख्यमन्त्री पाउने आश गरेका थिए । सोही अनुसार एमाले नेता यामलाल कँडेलले तयारी समेत गरिरहेका थिए भने अन्य नेताहरुले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण