१५ थान अवैध मोबाइलसहित रौतहटबाट २ जना पक्राउ
सोमबार, २५ पुस २०७९, ०९ : २८
रौतहट । भन्सार छलेर भित्र्याइएकोविभिन्न ब्रान्डका १५ थान मोबाइलसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गौर नगरपालिका ४ का २१ वर्षीय राजन कुमार यादव र वर्ष २२ का अनिल साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।
प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका ४ महुलीया टोल स्थितमा नेपाल भारत सीमामा सवारी साधन तथा पैदल यात्रीहरू चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका दुवै जनालाई दुई लाख ६२ हजार ५४७ मूल्य बराबरको मोबाइलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मल्लले बताए । दुवै जनालाई आवश्यक कारबाहीको लागि आइतबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण