कास्कीमा सार्वजनिक ठाउँमा धुम्रपान गरे १ सय जरिवाना
कास्की । कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरुले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।
त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ । अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए । कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरु तयार रहेको बताए । गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानून पास गरेको छ । तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन् । नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरु पनि समितिको सदस्य छन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण