६ नम्बर प्रदेशका एमाले सांसद शाहीले किन दिए राजीनामा ?

काठमाडौं–नेकपा एमालेका तर्फबाट मुगुको प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका शाहीले एमालेको प्रदेश कमिटीको निर्णय चित्त नबुझेकाले सांसद र पार्टीको केन्द्रीय सल्लाहकारबाट राजीनामा दिएको रातोपाटीलाई बताए ।
बाम गठनबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ६ नं प्रदेश माओवादीले मुख्यमन्त्री पाएको छ । एमालेले आफ्ना पुराना कार्यकर्ताहरुलाई वाइपास गरेर ठेकेदार,एनजीओकर्मी र राप्रपाबाट आएका तर हैसियत नभएकालाई मन्त्री बनाएकाले आफूलाई उक्त निर्णय मन नपरेकाले राजीनामा दिएको बताए ।
उनले संसदीय दलका नेता यमलाल कँडेलले आफुखुशी मन्त्री नियुक्ति गरेको आरोप लगाए । शाहीले भने‘सभामुख बनाइएका राजबहादुर शाही पार्टीको कुनै हैसियतमा थिएनन् । भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाइएका खडक बीसी सुर्खेतका नामुद ठेकदार हुन् । अर्का मन्त्री दलबहादुर रावल एनजिओ संचालक हुन् । नन्दबहादुर रावल राप्रपाबाट आएका हैसियत नभएका व्यक्ति हुन् । यस्तो निर्णय स्वीकारेर म सांसद र एमालेको कार्यकर्ता भएर बस्न नसक्ने भएकाले राजनीमा दिएको हुँ ।’
तपाईलाई क्याबिनेट मन्त्री बनाए सांसद पदमा र एमालेमा फर्कनु हुन्छ कि भन्ने प्रश्नमा शाहीले भने ‘ म पदका लागि लडेको होइन विधि विधान र पद्धतिकोलागि लडेको हुँ । यो सबै एमालेले मिचिसक्यो अब फकिँन्न् ।’
६ नं प्रदेशका संसदीय दलका नेता यमलाल कँडेलले पनि शाही सिनियर नेता भएको बताए । भने, ‘उहाँ सिनियर नेता हो । मन्त्री हुन लायक पनि हो । तर सबैलाई मन्त्री बनाउन सम्भव थिएन । उहाँ मन्त्रीमा पर्नुभएन भन्दैमा पार्टी र अरु नेताहरुका बारेमा जथाभाबी बोल्नु राम्रो होइन ।’
शाहीले आजै पार्टी कार्यलय धुम्बाराही गएर राजीनामा बुझाउने बताएका छन् । यसअघि शाहीले आफ्नो राजिनामाबारे संसदीय दलको नेता यमलाल कडेललाई फोनबाट जानकारी गराएको बताए पनि कँडेलले भने राजीनामाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिए ।
शाही मुगु जिल्ला नेकपा एमालेको तर्फबाट प्रदेश सभा ख बाट ६ हजार ८ सय ४५ मत ल्याएर विजयी भएका थिए ।
उनी मुगुमा मात्र होईन ६ नं प्रदेशमा नै पुराना नेता मानिन्छन् । २०४२ सालमा २ बर्ष भद्रगोल जेलमा राजनीतिक बन्दीको रुपमा बसेका थिए । उनले जेलबाटै आइएल पास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु