प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु, चुनौती पनि छन् : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका छन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए । नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाटपनि परिवर्तन देखिएको बताए ।
उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसदमा आएको उल्लेख गरे । व्यक्तिको मानसम्मानका लागि नभई देश चलाउन, देशमा उन्नती प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले नयाँ दलहरुलाई शुभकामना पनि ब्यक्त गरे ।
उनले विभिन्न चुनौतीहरु रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने– ‘हाम्रा अगाडि धेरै चुनौतीहरु रहेका छन् । सुशासनको चुनौती छ, भष्टाचार निर्मुल गर्ने चुनौती छ, हिजोका विभिन्न आन्दोलनका घाउहरु तिनीहरुकोमा मल्हमपट्टी गर्ने चुनौती छ । जनताका विभिन्न अपेक्षाहरु छन् । अहिले पनि विभिन्न राजबन्दीहरु तत्सम्बन्धी समस्याको समाधान गर्नुछ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्नुपर्ने यी चुनौतीहरु छन् । अब हामीले एउटा गम्भीर शिक्षा लिनुपर्छ । अब हामी लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्छ ।’
उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा समय वित्यो भने कहिले काम गर्ने ? भन्ने प्रश्न गर्दै गोटी चालाचाल छोडेर काम गर्ने बाटो समात्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण