ओलीको प्रश्न : सांसद र नेताको सबै समय गोटी चालाचालमा बित्यो भने देशको काम कहिले गर्ने ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले परिवर्तन खोजेको बताएका छन् । सोमबार प्रतिनिधिसभा सदस्यहरुलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यो सरकार गठनबाट पनि परिवर्तन देदेखिएको बताए । ‘संसदमा नयाँ पार्टी आउनुमा देशमा परिवर्तनको संकेत हो । अहिले नयाँले उन्नती गर्ने ट्रेन देखिइएको छ’, ओलीको भनाइ छ । उनले विगतबाट गम्भीर शिक्षा लिँदै देश चलाउन र उन्नती प्रगति गर्न सरकार चाहिएको बताए ।
‘सांसद बन्नका लागि बनिदिने होइन, काम गर्नका लागि हो । सांसद बनेको पनि देशका लागि काम गर्नका लागि भएकाले त्यसैअुनसार काम गर्नुपर्छ’, ओलीको भनाई छ । उनले देशका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै बन्न नपाई विगार्न लाग्नु देश बर्बाद पार्नुबाहेक अरु केही नहुने बताए । प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले बहस ओपन गरेपनि अन्य समयमा छलफल गर्ने भन्दै ओलीले भने, ‘हाम्रा अगाडि धेरै चुनौति छन् । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सामाजिक विभेद अन्त्य गर्ने, हिजोका आन्दोलनका घाउमा मलमपट्टि गर्ने, राजनीतिक बन्दीका समस्या, शान्ति प्रकृयाको समाधान गर्ने चुनौति छन् ।’
उनले दलहरु लोकतान्त्रिक मुल्य र मान्यतामा चल्नुपर्ने बताए । ‘हामी मुख्य रुपमा लोकतान्त्रिक मुल्य मान्यतामा चलौ, सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा वित्यो भने देशको काम कहिले गर्ने ?’अध्यक्ष ओलीको भनाइ छ । उनले गोटी चालाचाल नभएर आज राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण