संसदमा सिके राउत : देशको अखण्डताका लागि संघीयता आवश्यक छ
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता सिके राउतले नेपालको अखण्डताका लागि संघीयता बलियो बनाउनुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले संघीयतालाई सबल बनाउन जोड दिए ।
उनले भने– ‘नेपाल हरेक दृष्टिकोणमा, हरेक आयाममा विविधतापूर्ण देश हो, जातीय संरचनादेखि लिएर भौगोलिक संरचनादेखि लिएर । बहुभाषिक, बहुसाँस्कृतिक, बहुराष्ट्रिय देश हो । त्यो आधारमा यो देशमा संघीयता आवश्यक छ भनेर स्मरण गराउन चाहन्छु । देशको अखण्डताका लागि संघीयता आवश्यक रहेको प्रमाणको रुपमा म तपाईहरुको अगाडि उपस्थित छु । संघीयतालाई सबल बनाउन यो सरकारले उपयुक्त कदम चाल्ने छ भन्ने कुरामा म विश्वस्त रहेको छु ।’
उनले यो देशका लागि गणतान्त्रिक व्यवस्था हुनु नौलो कुरा नभएको बताउँदै इशापूर्व छैटौं शताब्दीमा प्लेटोले गणतन्त्र शब्द नलेख्दै मधेशमा गणतान्त्रिक व्यवस्था रहेको दावी गरे । मधेशमा बज्जी गणतन्त्र, कपिलवस्तु गणतन्त्र रहेको उल्लेख गरे । उनले हिजो टिकट काटेर समेत जान नसक्ने ठाउँमा जनता निर्वाचित भएर पुगेको बताउँदै गणतन्त्रप्रति जनमत पार्टीको उच्च सम्मान रहेको बताए । उनले यो व्यवस्थाको संरक्षणका लागि जनमत पार्टी प्रतिवद्ध रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण