कर्णालीमा सरकार गठनको तयारीमा जुट्दै माओवादी–एमाले
सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि नेपका (माओवादी केन्द्र) र नेकपा एमाले आजदेखि तयारीमा जुट्दै छन् । आइतबार सत्ता साझेदार दलको केन्द्रीय बैठकले कर्णालीमा माओवादीलाई मुख्यमन्त्री दिनेगरी भागबन्डा लगाएसँगै दलहरू सरकार गठनको तयारीमा जुटेका हुन् ।
सोमबार प्रदेशमा शीर्षस्थ नेताहरुबीच अनौपचारीक भेटवार्ता भए पनि औपचारिक रूपमा आजदेखि छलफलमा जुट्ने तयारीमा रहेको नेताहरूले बताएका छन् । १० गते केन्द्रमा समीकरण बने पनि प्रदेशको नेतृत्व टुङ्ग्याउने विषय केन्द्रमै निर्भर रहेको भन्दै दुई दलका नेताहरुबीच छलफल हुन सकिरहेको थिएन ।
सोमबारको भेटघाटमा सामान्य छलफल मात्रै भएको र आजदेखि औपचारिक रूपमा छलफल गरिने माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए ।
यता एमालेले आज दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । दलका नेता यामलाल कँडेलले सरकारमा सहभागी हुने/नहुनेबारेमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् । बैठकमा केन्द्रले कर्णालीमा एमालेलाई मुख्यमन्त्री नदिएको र सभामुखको विषयमा समेत छलफल हुने सांसद जीतबहादुर मल्लले जानकारी दिए ।
त्यसपछि दुई दलका नेताहरुबीच सरकार गठनको बारेमा छलफल चल्ने नेताहरूको भनाइ छ । कर्णालीमा माओवादीका राजकुमार शर्मा तेस्रो मुख्यमन्त्री बन्ने करिब पक्का जस्तै छ । यद्यपि एमालेले माओवादीलाई समर्थन गर्छ की गर्दैन भन्ने खालका आशङ्काहरू पनि उब्जिएका छन् । तर एमालेका सांसदहरू केन्द्रको निर्णयलाई मानेर अघि बढ्ने बताइरहेका छन् ।
४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्दछ । तर माओवादीको १३, एमालेको १० र राप्रपाका एक गरी २४ हुन्छ ।
यता प्रदेश प्रमुख तिलक परियारले बुधवार बेलुकी पाँच बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।
यता सभामुख पाएको एमालेभित्र सभामुख कसलाई बनाउने भन्ने विषयले खासै चर्चा पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण